पत्रकार रजकको हत्याका विषयमा छानविन गर्न माओवादीले दबाब दिने
२०८१ चैत २८ बिहिबार
- चैत्र १५ गते राजावादीहरुको आगजनीमा परी हत्या भएका पत्रकार रजकको घर उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर पुगेका हुन् । प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताए ।
काठमाडौं : नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् ।
चैत्र १५ गते राजावादीहरुको आगजनीमा परी हत्या भएका पत्रकार रजकको घर उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर पुगेका हुन् । प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताए ।
परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारवाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेको थियो ।
परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए ।
अपरान्ह ३ बजे प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित उनी सुरेश रजकको परिवारसंग भेट गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’