सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ
२०८१ चैत २८ बिहिबार
- कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् ।
कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्।
देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए ।
शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन् । ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो । उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ । शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने।
सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए । यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए ।
विज्ञप्तिमा भनिएको थियो, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु ।’
यस्तै नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल निकै उत्साहजनक रहेको बताएका छन् । ‘उहाँले गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराईलाई हाम्रोअघि कल गर्नु भयो। शिक्षकका माग सम्बोधनमा गम्भीर हुन र निर्णायक छलफल गर्न उहाँले ध्यानाकर्षण गराउनु भएको थियो,’ पन्तले भने।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।