संचारमन्त्रीले गरे वंश गुरुङको प्रशंसा

२०८१ चैत २८ बिहिबार
सारांश
  • विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वंश गुरुङले नेपाललाई स्वतन्त्र राख्ने काममा महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यस्तो व्यक्तिको हुलाक टिकट प्रकाशन गर्न र टाँचा लगाउन पाउँदा गर्व लागेको बताए ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वंश गुरुङको हुलाक टिकटमा पहिलो टाँचा लगाउन पाएकोमा गर्व महशुस भएको बताएका छन् । 


विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वंश गुरुङले नेपाललाई स्वतन्त्र राख्ने काममा महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यस्तो व्यक्तिको हुलाक टिकट प्रकाशन गर्न र टाँचा लगाउन पाउँदा गर्व लागेको बताए । 


उनले भने, ‘वंश गुरुङको जुन हुलाक टिकट हामीले प्रकाशन गरेका छौ, यो सामान्य कुरा भएपनि उहाँ सिन्धुलीगढीको लडाइँ जित्नका लागि महत्वपूर्ण भूमिकामा रहेको सेनापति हुन् । नेपाललाई स्वतन्त्र राख्ने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तिको हिसाबले वंश गुरुङको हुलाक टिकट प्रकाशन गर्ने काम म आफंैले गर्न पाउँदा एकदमै गर्व महशुस भएको छ ।’ 


यस्तै, उनले वंश गुरुङ राष्ट्रिय विभूतिको हकदार भएको भन्दै राज्यले कुनै दिन राष्ट्रिय विभूतीहरुमा नाम थप्ने निर्णय गर्यो भने उनको नाम पर्नुपर्छ भनेर सबै लाग्नुपर्ने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार