देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी
२०८१ चैत्र २६ मंगलवार
- मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् ।
मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे ।
सांसद शाहीले कांगे्रसका नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले देशमा भएका विश्वविद्यालयहरु राजाको कार्यकालमा बनेको दाबी गरे ।
उनले भने,‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरुले बनाएको हो ? खुवै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरु । आज यहीबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भटट्राईले पनि बुझ्नुपर्छ, राजाका पालामा पढ्न दिइँदैन भनेर जनता भड्काउने भनेर यस्तो झुटो कुरा गर्ने ?’
सांसद शाहीले थप भने ‘देशमा एउटा अस्पताल छैन् । एउटा विद्यालय बनाउनु छैन् । एउटा उद्योग कलकारखाना बनाउनु छैन् । पार्टीको कार्यकता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने ? त्यसका विरुद्ध आजको आन्दोलन हो ।’
उनले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाउन भ्याए । उनले भने,‘यो १६ वर्षमा १४ वटा सरकार फेरे । १ हजार मान्छे मन्त्री भए । करिब ३ हजार सांसद् भए । ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने ?’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।