राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
२०८१ चैत्र २६ मंगलवार
- मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् ।
मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले देशलाई अहिलेको अवस्थाबाट अगाडि जान सक्दैँन्, पछाडि फर्किन्छ भनेर भनेको पनि होइन् । तर अब देश यही रहन सक्दैँन् देशलाई अगाडि जान छ । तर यही बाटोबाट देश अगाडि जान सक्दैँन् । त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै राजनीतिक शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी गरौं । हिजोका राम्रा कुराहरु समेटेर जाउ र अहिलेको पनि राम्रा कुराहरु समेटेर नयाँ समझदारी गरौं । नेपालको मौलिक व्यवस्था निर्माण गरौं । जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी सबै अटाउने छन् ।’
यसको साथै, उनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन् ।
उनले भने, ‘राप्रपा कुनैपनि हिंसामा विश्वास गर्दैन् र जसले जे का लागि भएपनि गर्ने हिंसाको विरुद्धमा छ । चैत्र १५ गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो । त्यसका प्रति हामी खेद प्रकट गर्दछौ । त्यसको निन्दा गर्न चाहन्छौ । म अहिले पनि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो । त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो । त्यो भन्नमा कुनै आपत्ति छैन् । हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौ । हामी शान्तिपूर्ण प्रदर्शन र दबाबबाटै हाम्रो मान्यताहरु स्थापित गर्न सक्छौ भन्ने कुरामा विश्वस्त छौ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।