नेता गजेन्द्र नारायण सिंहको सालिकमा मन्त्रीले गरे माल्यार्पण
२०८१ चैत्र २४ आईतवार
- सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व.सिंहको ९६औं जन्मजयन्तीको अवसरमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा र ढोडवा चौकमा रहेका सिंहका सालिकहरूमा पुष्पमाला अर्पण गरेका हुन् ।
सप्तरी : नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने राजनेता गजेन्द्र नारायण सिंहका विभिन्न सालिकहरूमा माल्यार्पण गरेका छन् ।
सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व.सिंहको ९६औं जन्मजयन्तीको अवसरमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा र ढोडवा चौकमा रहेका सिंहका सालिकहरूमा पुष्पमाला अर्पण गरेका हुन् ।
कार्यक्रममा स्थानीय नेता, सामाजिक अगुवा र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । नेताहरुले स्व. सिंहले मधेसको अधिकार र पहिचानको लागि पु¥याएको योगदानको चर्चा गर्दै उनको आदर्श पछ्याउनु पर्ने आवश्यकता औंल्याएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’