सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
२०८१ चैत्र २४ आईतवार
- आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले ंसम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।
आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले ंसम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं । हाम्रा पूर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ ।’
साथै उनले प्रकृतिपनि हाम्रो विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताए । उनले अभौतिक र भौतिक सम्पदा दुइ वटालाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर लिएर जानुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘हाम्रो जुन विविधतापूर्ण संस्कृति छ यसलाई जोगाउनका लागि निरन्तर निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा निर्वाह गर्नुपर्छ । प्रकृति पनि हाम्रो विविधतापूर्ण छ । यसलाई पनि हामीले विश्वव्यापी प्रचार गर्नुपर्ने छ । प्रचार भयो भने संसारभरीका मानिसहरु नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभावन्वित हुने छन् । हामीसँग धेरै भाषा, भेषभूषा छन् । धेरै संस्कृति चाडपर्व छन् । विभिन्न खानपानका परिकारहरु छन् । यी र यस्ता अभौतिक र भौतिक सम्पदा दुइ वटैलाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर जानुपर्ने अवस्था छ ।’
त्यस्तै ललितपुर महाननगरपालिकाका मेयर चिरिबाबु महर्जनले हाल आफ्नो दोस्रो कार्यकाल भएतापनि विश्राम नलिई लगातार विकास निर्माणका काम गर्दै आइरहेको बताए । उनले मन्दिरको पुनः निर्माणको काम चाँडै सुरु गरिने पनि जानकारी गराए ।
उनले भने,‘मेरो यो दोस्रो कार्यकाल हो । तरपनि विश्राम लिएका छैनौं । लगातार धेरै काम गर्दै आइरहेको छौं । यहाँको सम्पदा भनेको विश्व सम्पदामा सूचीकृत हो । तर विगत कयौं वर्षदेखि यो ठाउँमा सुइमिङ पुल बन्थ्यो । जलमग्न हुन्थ्यो । तर हामीले यसलाई पृथक बनायौं । अब काम सुरु हुन गइरहेको छ ।’
मन्दिर पुनः निर्माणको लागि ८० प्रतिशत आर्थिक सहयोग नेपाली राजदुतावास जापानको रहेको पनि उनले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।