पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं: प्रधानमन्त्री
२०८१ चैत्र २३ शनिवार
- अहिले पनि ६० प्रतिशत सक्रिय जनसंख्या छ । ४० प्रतिशत युवा जनसंख्या छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् ।
शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरु सिक्न सक्ने बताएका हुन् ।
उनले भने, ‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए । हाम्रो विकासलाई रोक्ने काम भएको थियो । हजुरबाका हजुरबाले त्यही गरे । हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ ?, तर पुर्खाको जिन हामीसँग छ । हामी चाँडो सिक्न सक्छौं । विकासका कुराहरुमा छिटो सिक्ने सामथ्र्य छ । नेपालीहरु आमरुपमा इमान्दार र परिश्रमिक छन भनेर दुनियाँले चिनेको छ ।’
साथै उनले समाजमा नकारात्मक पक्षहरु पनि रहेको बताए । उनले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभइ हामीले खोज्ने भनेको सकरात्मक भएको बताए ।
उनले भने, ‘समाजभित्र केही निराश नहुनुपर्ने कुराहरु छन् भने केही कमी कमजोरी, नकारात्मक पक्षहरु पनि छन् । तर हामीले हेर्ने, खोज्ने भनेको नकरात्मकता होइन हामीले खोज्ने भनेको सकरात्मकता हो । हामीले हेर्ने भनेको संभावनाहरु हो । यसरी हेर्दाखरी हाम्रो भूगोल, प्रकृति जस्तो छ । सन्दर मात्रै होइन प्राकृतिक, खनिजका हिसावले अत्यन्तै सम्पन्न र धनी छ ।’
यसैगरी ओलीले कामै लगाउनका लागि भए पनि नेपालीलाई बाहिरी देशहरुले प्राथमिकता दिने गरेको बताए । उनले अहिले ६० प्रतिशत सक्रिय जनसंख्या र ४० प्रतिशत युवा जनसंख्या भएकाले युवा जनसंख्याको लाभ सर्तक रहेनौं भने नरहन सक्ने बताए ।
उनले भने, ‘लाखौं युवाहरु बाहिर गएर पनि अहिले परिश्रमी, मेहिनती भनेर विभिन्न देशमा कमसेकम कामै लगाउनका लागि भए पनि नेपालीलाई प्राथमिकता दिन्छन् । इमानको, मेहिनतीपनको सधैं प्रशंशा भइ नै रहेको छ । अहिले पनि ६० प्रतिशत सक्रिय जनसंख्या छ । ४० प्रतिशत युवा जनसंख्या छ । युवा जनसंख्याको लाभसर्तक रहेनौं भने नरहन सक्छ । यसमा अलि धेरै सर्तक रहन जरुरी छ । ’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।