शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक

२०८१ चैत्र २१ विहिबार
सारांश
  • विहीबार आन्दोलित शिक्षकहरुको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरुले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए ।

काठमाडौं : गृहमन्त्री रमेश लेखकले शिक्षकहरुको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरि अगाडि बढ्ने बताएका छन् । 


विहीबार आन्दोलित शिक्षकहरुको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरुले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए ।

 
उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरु गरि राख्नु भएको छ । त्यसकारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरुका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरु र उहाँहरुले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकरात्मक भएको छ । शिक्षा विधेयकलाई छिटो अगाडि सरकारले आफ्नो तर्फबाट भूमिका खेल्छ ।’


सरकार यस विषयमा एकदमै गम्भीर रहेको भन्दै छलफललाई निरन्तर अगाडि बढाउने उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार