शिक्षाले उद्यमशिल हुन सिकाउदैँन् भने त्यो गुणस्तर हुँदैन् : मन्त्री भण्डारी
२०८१ चैत्र २१ विहिबार
- सरकारी क्षेत्रको तलब निजी क्षेत्रको भन्दा भएता पनि पेन्शनको लागि भएपनि सरकारी जागिरमा चाहने भन्दै पेन्शन जस्तै सुविधा दिनको लागि सामाजिक सुरक्षा कोषको स्थापना गरेको बताए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्य मानिसलाई पेन्सन जस्तै सुविधा दिनको लागि सामाजिक सुरक्षा कोष स्थापना गरेको बताएका छन् ।
विहीबार लर्डबुद्ध एजुकेशन फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘सशक्त भविष्यको निर्माण’ विषयक कार्यक्रममा उनले सरकारी क्षेत्रको तलब निजी क्षेत्रको भन्दा भएता पनि पेन्शनको लागि भएपनि सरकारी जागिरमा चाहने भन्दै पेन्शन जस्तै सुविधा दिनको लागि सामाजिक सुरक्षा कोषको स्थापना गरेको बताए ।
उनले भने, ‘सरकारले सहज वातावरण बनाउने हो, काम गर्ने निजी क्षेत्रले हो । रोजगारी सिर्जना सरकारले गर्दैन् । सरकारले सरकारी जागिर भनेर मात्र दिने हो,’ उनले अगाडि भने,‘ मान्छेहरु किन सरकारी जागिर मात्र खोजिरहेका हुन्छन् । सरकारी क्षेत्रको तलब निजी क्षेत्रको भन्दा कम हुन्छ त्यही पनि मानिस सरकारी जागिरमा नै किन जान्छन् । यसको एउटै कारण भनेको सरकारी जागिरमा छिरेपछि नमरेसम्म उसलाई सरकारले हेर्छ । त्यही भएर अन्य मानिसको पेन्शनको लागि.सामाजिक सुरक्षा कोष बनाएका छौ । यसमा निजी क्षेत्रलाई पनि सहभागि हुन आग्रह गर्न चाहन्छु ।’
यस्तै, उनले शिक्षाले उद्यमशिल हुन सिकाउदैँन् भने त्यो गुणस्तर शिक्षा नहुने भन्दै रोजगारीले मात्र केही नहुने बताए । अहिलेको अवस्थाको प्रविधि प्रयोग गरेर अगाडि बढ्न सकेनौ भने धेरै पछाडी पर्ने औंल्याए ।
उनले रोजगारी र सीपको महत्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए ।
जागिर खोज्नेहरुका लागि लर्डबुद्धको नयाँ वेबसाइट
सो अवसरमा नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ ।
कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्छ । साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन्। वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ।
लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘ईम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले सो वेबसाइट सार्वजनिक गरेका हुन् ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मुल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए ।
उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे। कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।