जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन गर्न तत्काल १० करोड चाहिने
२०८१ चैत्र २१ विहिबार
- बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए ।
काममाडौं : वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन् ।
बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए । त्यस्तै उनले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण आएको र भोलि घटबढ हुनसक्ने पनि जानकारी दिए ।
उनले भने,‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरुको परिस्थिति अत्यन्तै जटिल छ । हामीले त्यो बुझिरहेका छौं । अब यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङकन गर्न सम्बन्धित प्राविधिकहरु, विज्ञहरु राखेर प्रारम्भिक मूल्याङकन गरेको छ । करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ ।’
त्यस्तै उनले केन्द्रलाई तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम आवश्यकता देखिएको भन्दै सञ्चालनको लागि मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको पनि बताए ।
‘तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम भयो भने अस्थायी रुपमा सञ्चालन गर्न सक्छौं भन्ने कुरा आएको छ । त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको छ । प्रकृयागत रुपमा अगाडि बढ्दै छौं ।’
उनले केही दिनभित्र चाँडै सबै प्रकृया पूरा गरेर केन्द्र सञ्चालन गर्ने पनि जानकारी गराए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।