रामेछापमा अदालतले फैसला गरेको ३५ करोड रुपैँया जरिवाना उठाउन बाँकी

२०८१ चैत्र २० बुधवार
सारांश
  • जिल्ला अदालत रामेछापले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

रामेछाप : रामेछाप जिल्लामा अदालतले फैसला गरेको ३५ करोड रुपैँया भन्दा बढी जरिवानाको रकम उठ्न बाँकी रहेको छ ।


जिल्ला अदालत रामेछापले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार अदालतले फैसला गरेको ३५ करोड २९ लाख ४७ हजार ६ सय १९ रुपैँया जरिवाना रकम उठ्न बाँकी रहेको छ । त्यस्तै अदालतले सुनाएको १४ लाख ८६ हजार २ सय ७५ रुपैँया क्षतिपूर्तिको रकम असुल हुन बाँकी रहेको छ । 


यसै गरी अदालतले फैसला गरेको ६ सय ४७ वर्षको जेल सजाय भुक्तानी हुन बाँकी रहेको पनि नेपालले जानकारी गराए । सजाय तोकिएका मानिसहरू फरार हुँदा फैसला कार्यान्वयनमा नआएको उनले जानकारी दिए । 


अदालतले मुद्दा फैसलाको प्रक्रियामा भने लक्ष अनुसार नै प्रगति गरेको उनले बताए ।जिल्ला अदालत रामेछापमा २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको उनले जानकारी दिए । यस हिसाबले अदालत लक्ष अनुसार नै मुद्दा फैसला गर्न सफल रहेको उनले बताए । 


अदालतले गरेका फैसला कार्यान्वयनमा पत्रकारको महत्पूर्ण भूमिका हुने बताउँदै उनले यसमा सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरे । त्यस्तै न्यायालयमा देखिएका कमी कमजोरी छन् भने सुधारको लागि सुझाव दिन पनि उनले अनुरोध गरे ।  पत्रकार भेटघाट कार्यक्रममा अदालतबाट भए गरेका काम र उपलब्धिको बारेमा जानकारी गराइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार