गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र हो’
२०८१ चैत्र १८ सोमवार
- यसको साथै, उनले १५ दिनभित्र के के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्यान आग्रह गर्दै पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार रहेको बताए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् ।
सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए ।
उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सँभाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ ।
यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ । अब पार्टीको संरचनामा काम गरौँ, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ ।’
यसको साथै, उनले १५ दिनभित्र के के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्यान आग्रह गर्दै पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार रहेको बताए ।
उनले भने, ‘मैले के गर्नुपर्छ भन्नुस्, १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु ।’
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन पनि दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’