‘शुक्रबारको घट्ना योजनावद्ध हो, विदेशीको पनि संलग्नता छ’
२०८१ चैत्र १८ सोमवार
- सोमबार पेरिसडाडाँमा बसेको समाजवादी मोर्चाको बैठकले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको भन्दै यसमा विदेशीहरुको पनि संलग्नता देखिएको भन्ने निष्कर्ष रहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
काठमाडौं : समाजवादी मोर्चाले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको जनाएको छ ।
सोमबार पेरिसडाडाँमा बसेको समाजवादी मोर्चाको बैठकले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको भन्दै यसमा विदेशीहरुको पनि संलग्नता देखिएको भन्ने निष्कर्ष रहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
साथै घट्नाको नियन्त्रणको लागि सरकारपनि चुकेको मोर्चाके ठम्याई रहेको पनि जानकारी दिए ।
उनले भने,‘घट्ना जसरी घटेको छ त्यो योजनवद्धरुपमा गरिएको छ । व्यवस्था पल्टाउने कोसिस गरिरहन्छन् । मुर्खता गरिहन्छन् । विदेशीहरुले कतै न कतै व्याकिङ गरेको हो कि भन्ने देखिन्छ । त्यसलै यो घट्नालाई लिएर मोर्चाको तर्फबाट सशक्क्त भण्डाफोर गर्नुपर्छ ।
घट्ना नियन्त्रण गर्न सरकारको तर्फबाट अलि अपुग भयो कि भन्ने छ । योजनावद्ध रुपमा घट्ना घटाइयो त्यसमा संलग्नलाई कारवाहीको माग सरकारसँग गर्दैछौं ।’
साथै प्रतिगामी शक्तिहरुले देशमा अशान्ति र आतंक मच्चाउने प्रबृत्ति देखिएकाले मोर्चाको तर्फबाट सशक्क्त भण्डाफोर गर्ने निर्णय पनि उनले जनाए ।
‘शुक्रबार प्रतिगामी शक्तिहरु दरवारीया तत्वहरुको जुन गतिबिधि देखियो असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति र आतंक मच्चाउन मनशास देखिन्छ । हिंसात्मक छ । बढो जंगली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउनको लागि अथवा त्यसलाई कमजोर बनाउनको लागि १५ गतेको विरोध सभाले धेरै भूमिका निर्वाह गरेको छ । क्षतिपूर्ति पनि सरकारले असुल गर्नुपर्छ ।’
साथै मार्चाले १५ गते गरेको आमसभाको समिक्षा पनि गरेको छ । सभा ऐतिहासिक, अत्यन्तै शालिन, शानदार, भव्य र अनुशासित रुपमा सफल भएको मोर्चाको दाबी छ ।
गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको प्रमाणित सभाले गरेको पनि प्रवक्ता प्रकाण्डले जानकारी दिए । यसका साथै मोर्चाले गणतन्त्र रक्षाका लागि युवाहरुलाई अगाडि सारेर अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।