हेटौंडामा एमालेको जागरणसभा, राजावादीहरुको अराजकताले सीमा नाघेको आरोप
२०८१ चैत्र १८ सोमवार
- कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेलले राजावादीहरुको अराजकताले सीमा नाघेको बताए ।
हेटौंडा: नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो ।
सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो ।
सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेलले राजावादीहरुको अराजकताले सीमा नाघेको बताए । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो ।
यसैगरी गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौँडामा आयोजना गरेको जागरण सभा अन्तर्गत मनहरीबाट हेटौँडासम्म मोटरसाइकल ¥याली गरिएको छ । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल ¥याली गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’