- आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो व्यवस्था संसारभरी लोकतान्त्रिक अभ्यासको रुपमा लागू भएको भन्दै उत्कृष्ट रहेको बताएका हुन् ।
काठमाडौं : पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा.प्रकाश शरण महतले अहिलेको व्यवस्था नै उत्कृष्ट रहेको भन्दै यसको रक्षाको लागि सबै लाग्नुपर्ने बताएका छन् ।
आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो व्यवस्था संसारभरी लोकतान्त्रिक अभ्यासको रुपमा लागू भएको भन्दै उत्कृष्ट रहेको बताएका हुन् ।
उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनीधिहरुले शासन गर्छन् ।
प्रतिनीधिहरुले राम्रो काम गर्न सकेनन् भने प्रतिनीधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ । त्यसैले यो व्यवस्था संसारभरीका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुईमत छैन । यो जनअधिकारको रक्षा सबैले गर्नुपर्छ ।’
उनले संसद अवरोधको कुनै औचित्य नभएको भन्दै प्रतिस्थापन विधयेक अध्यादेशबाट पास गर्न दिनुपर्ने पनि बताए ।
यस्तै, नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले चैत्र १५ को राजावादीहरुको गतिविधी योजनावद्ध भएको बताए ।
१५ गतेको आक्रमण योजनाबद्ध देखिन्छ ः राणा
उनले भने,‘१५ गतेको राजावादीहरुको गतिविधी अन्यन्तै दुःखलाग्दो घटना हो । दुई जनाको ज्यान पनि गएको छ । ती मध्य एकजना प्रेसको साथी पनि छन् । दुईवटा प्रेसको कार्यालय, समाजवादी पार्टीको कार्यलयहरु ध्वस्त बनाएका छन् । योजनावद्धरुपमा कार्य भएको छ । कुन कुन ठाउँमा आक्रमण गर्ने भन्ने रणनीति पहिले बनेको देखिन्छ । विशेषगरी आयोजकहरुले नै कार्यक्रम पनि गर्ने र भड्काउने पनि गरेको देखिन्छ ।’
उनले संविधानमा सबैले शान्तिपूर्ण कार्यक्रम गर्न, आन्दोलन गर्न, विरोध सभा गर्न पाउने अधिकार रहेको उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।