सरकार संवेदनशिल बनेन्, प्रधानमन्त्री भागेर हिंडे :सांसद पराजुली

२०८१ चैत्र १७ आईतवार
सारांश
  • आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जवाफ दिन डराइरहेको बताएका हुन् ।

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले राज्य सम्वेदनशिल बन्नुपर्ने समयमा रमिता हेरेर बसिरहेको बताएका छन् ।


आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जवाफ दिन डराइरहेको बताएका हुन् ।


उनले भने, ‘यतिखेर राज्य कति संवेदनशील बन्नुपर्ने हो तर सरकारले साच्चिकै अचम्म बनाएको छ । विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध छ । सुशासनसँग जोडिएका मुद्दा र विशेषगरी सरकार आफ्नालाई र विचौलियालाई पोस्ने काम गरिरहेको छ । राम्रा भनिएकाहरुलाई बर्खास्ती गर्ने र अध्याँरोबाट आमजनतालाई उज्यालोको सपना देखाउनेहरुलाई पनि हटाउने काम गर्दैगर्दा सदनबाट जवाफ मागिएको थियो । तर अहिले फेरी अर्को घटनाले देशमा जटिल अवस्था आएको छ । यसको  जटिल अवस्थामा पनि प्रधानमन्त्रीज्यु सदनप्रति जवाफदेही हुनुपर्नेमा बाहिर बाहिर हिडिरहनु भएको छ ।’


साथै उनले शुक्रबार राजावादी आन्दोलनमा मृत्यु भएका दुई जनाको जिम्मेवार को हो भन्दै प्रश्न गरे । उनले के कारणले  दुई जनाको ज्यान गुमाउनुपर्यो भनेर सरकारले जवाफ दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार