प्रतिनिधिसभा : दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

२०८१ चैत्र १७ आईतवार
सारांश
  • सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् ।

काठमाडौं : आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।


सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् ।


संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसदमा छलफलको वातावरण बनाउन आग्रह गरे ।


तर प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राखेको छ । यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सूचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको मागसहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो ।


प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार