चैत्र १५ को घटनामा सम्पूर्ण रुपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा

२०८१ चैत्र १७ आईतवार
सारांश
  • आइतबार संघीय भवन परिष्दमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न गरेका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत्र १५ गते भएको घटनामा सम्पूर्णरुपमा पूर्वराजा दोषी रहेको बताएका छन् । 


आइतबार संघीय भवन परिष्दमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न  गरेका हुन् । 


उनले भने, ‘विपी कोइरालाले सशस्त्र संघर्षको बेलामा जे जती घटनाहरु भए अदालतमा बयान दिँदा भन्नुभयो, म प्रत्यक्ष रुपमा सहभागि थिइन् तर पनि मेरो आव्हानमा भएकोले प्रत्येक घटनाको बारेमा म नैतिक जिम्मेवारी लिन्छु । आज  नैतिक  जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ? कस्तो राजसंस्था खोजेको हो ? पत्रकार मारिदा दु ःख लाग्यो भन्ने विज्ञप्तीसम्म पनि पत्रिकाले छाप्नेगरी पठाउनुपर्छ कि पर्दैन ? कस्तो संवैधानिक राजा खोजेको हो ? त्यसैले यो घटनामा सम्पुर्णरुपमा पूर्वराजा दोषी छन् । पूर्वराजालाई संविधानले प्रद्धित्व गरेको नागरिकको हक अधिकारभन्दा बढी राज्यले लिएको छ ।’


उनले सरकारले चाहे पूर्वराजाले पाएका सेवासुविधा खोसिन सक्ने भन्दै पूर्वराजाले आाफ्नो सिमामा बस्नुपर्ने बताए ।  


यस्तै, नेपाली कांग्रेसका संसद चन्द्र भण्डारीले नेपालको संविधानको संरक्षणको बारेमा नसोच्नु, अराजकताको अन्त्यको लागि नसोच्नु पनि सरकारको कमजोरी भएको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार