यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र
२०८१ चैत्र १६ शनिवार
- चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।
काठमाडौं : पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।
चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।
तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।
आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरु जलेका छन् । काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौं वटा र सरकारी÷निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।
प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’