‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’
२०८१ चैत्र १६ शनिवार
- शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन् ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन् ।
शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन् ।
उनले भने, ‘यदी समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो सालिनता, संयमता, अनुशासन र सभ्यताको प्रतिकका रुपमा आफूलाई प्रस्तुत नगरेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’
साथै उनले सबै गणतन्त्रवादीहरुलाई आत्मसमिक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अहिले सरकारमा रहेका अरु गणतन्त्रवादीहरु जो छन् उनीहरु पनि सच्चिनुपर्यो भन्ने अपिल गर्दै गर्दा त्यसै समयमा निरंकुश राजावादी तत्वहरुले तिनकुनेमा एउटा निकै विभेदशुन्य अपराधिक घटनाहरु घटाउँदै गरेको बताए । उनले शुक्रबार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भसहित आपसमा टुक्रिइरहेको बताए ।
उनले भने, ‘हिजो चैत १५ गते देशमा एउटा नयाँ परिघटना देखापर्यो । एकातिर गणतन्त्रवादीहरुले आफ्नो लोकतन्त्रप्रतिको प्रतिवद्धता, आत्मसंकल्प स्थापित गर्नको लागि ठूलो संख्यामा जनसमुदायको बीचमा विरोध सभाको आयोजना गर्यो र एउटा उदाहरण राष्ट्रको अगाडि प्रस्तुत गर्यो । सबै गणतन्त्रवादीहरुलाई आफूले आत्मसमिक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अरु गणतन्त्रवादीहरु जो अहिले सरकारमा छन् उनीहरु पनि सच्चिनपर्यो । उनीहरुले आफ्नो क्रियाकलापलाई गणतन्त्रवादी बनाउनुपर्यो भन्ने कुरा हामीले अपिल गर्यौं । तर त्यसै समयमा निरंकुश राजावादी तत्वहरुले तिनकुनेमा एउटा निकै विभेदशुन्य अपराधिक घटनाहरु घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भ सहित आपसमा टक्राइरहेका थिए।’
साथै उनले हिजो कार्यक्रम राखेको प्रति आफूलाई धेरैले बधाई र धन्यवाद सुनाएको पनि बताए । मोर्चाले शुक्रबार काठमाडौंको. भृकुटीमण्डपमा खबरदारी सभा राखेको थियो । यता राजावादी समूहले भने तीनकुनेमा जनप्रदर्शनको कार्यक्रम राखेका थिए । राजावादी समूहको उक्त कार्यक्रम विथोलिँदा ठूलो जनधनको क्षति भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।