ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ : प्रचण्ड

२०८१ चैत्र १६ शनिवार
सारांश
  • शनिबार नेकपा एकीकृत समाजवादीको भवन अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको र अहिले पनि देखिएको भन्दै यसरी छाडा हुने छुट ज्ञानेन्द्र शाहलाई दिन नहुने बताए ।


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको सबै अपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाह नै संलग्न भएको उल्लेख गरेका छन् । 


शनिबार नेकपा एकीकृत समाजवादीको भवन अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको र अहिले पनि देखिएको भन्दै यसरी छाडा हुने छुट ज्ञानेन्द्र शाहलाई दिन नहुने बताए ।


उनले सरकारले कडा कदम चाल्ने समय पनि यही नै भएको भन्दै अपराधीहरु सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 


उनले भने, ‘अहिले जे भइरहेको छ यो एकदमै प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो र ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो र अहिले पनि देखिएको छ । त्यसकारण यही समय सरकारले कडा कदम चालोस । अपराधीहरु सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिदैँन् । नेपाली जनता त्यसको लागि तयार छैन् । यसमा पनि सरकार गम्भिर हुनुपर्छ भन्न चाहन्छु ।’


यस्तै, उनले राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहिन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु गम्भीर विषय भएको भन्दै यसलाई सरकारले समिक्षा गरेर आउने दिनको लागि पुनः तयारी भएर बस्नु पर्ने पनि बताए ।

 
उनले भने, ‘यो पहिलो कुरा सरकार र प्रहरीको राम्रो तयारी देखिएन, आक्रमण भयो भनेर जानकारी गराए पछि पनि झण्डै ४०, ४५ मिनेटसम्म सुरक्षाकर्मीहरु नदेखिनु बडो बिडम्बना नै भन्नुपर्छ । यो खालको घटना होला भन्ने अपेक्षा नगरेको कुरा सुरक्षा क्षेत्रबाट आएको छ तर राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहीन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु यसलाई गम्भिर समिक्षा सरकारले गरोस र आउने दिनको लागि पुन तयारीमा जाओस ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार