शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा हो, कडा कारवाही होस : सापकोटा
२०८१ चैत्र १६ शनिवार
- उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताएका हुन् ।
‘ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ ।
साथै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गर्दछु,’ उनले लेखेका छन् ।
उनले शुक्रबारको समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन र जनसभाले तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको बताए ।
यसका साथै उनले जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको पनि बताए । प्रवक्ता सापकोटाले जनसभामा सहभागिता भएकाहरुलाई धन्यवाद समेत दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’