प्रदर्शनकारी संयमित नहुँदा विथोलियो राजावादीहरुको कोणसभा
२०८१ चैत्र १५ शुक्रवार
- राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको थियो ।
काठमाडौं : आज शुक्रबार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरुको आमसभा अन्ततः तितरवितर भएको छ । विभिन्न क्षेत्रबाट र्यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरुले सुरुदेखि नै संयमता गुमाउँदा स्थिति भड्किएको थियो ।
राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको थियो । मञ्च खाली गरेर प्रदर्शनकारीहरु तितरवितर भएको र भौतिक संरचनाहरुको तोडफोड एवम आगजनीमा उत्रिएका थिए ।
प्रदर्शनकारीले तीनकुने क्षेत्रका ६ घरमा तोडफोड गरेको साथै एक घरमा आगो लगाएका थिए । घरमा आगलागी भएपछि आगो निभाउन पुगेको दमकललाई आन्दोलनकारीले ढुंगा प्रहार गरी धेरैबेरसम्म अवरोध गरेका थिए ।
त्यस्तै राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई स्थिति नियन्त्रण बाहिर गएपछि तीनकुनेबाट बाहिरिएका थिए । प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।
सोही क्रममा प्रसाई निजी गाडीमा बसेर बाहिरिएका थिए । राजावादीका अन्य अगुवाहरु भने तीनकुने क्षेत्रमै बसेर ढुंगामुढालाई नियालेका थिए ।
प्रदर्शनकारीहरुले आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेका थिए भने नजिकै रहेको अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि तोडफोड गरेको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले जानकारी दिए ।
त्यस्तै उनीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरे भने कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।