उर्जा दक्षता सम्बन्धी ऐन बनाउने काम उच्च प्राथमिकतामा छ :मन्त्री खड्का
२०८१ चैत्र १४ विहिबार
- बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रुप दिने काम गर्ने बताएका हुन् ।
काठमाडौं :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रुप दिने काम गर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ । यस विधेयकलाई प्रतिनिधि सभाबाट पास गराई ऐनको रुप दिने काम मेरो उच्च प्राथमिकता रहेको छ ।’
उनले सरकार मार्फत फन्डको प्रयोग गरी गरीब, निमुखा जनताहरुको लागि सोलारको व्यवस्था गर्न सके आय आर्जनको बाटो बन्ने पनि बताए ।
यसका साथै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी कार्यहरुको स्तरउन्नती गर्नुपर्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।