विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन
२०८१ चैत्र १३ बुधवार
- कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ ।
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर, केपी ओली मुर्दावाद जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।
सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।