कुलमान हटाएको भन्दै संसद्मा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय
२०८१ चैत्र १३ बुधवार
- सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए ।
काठमाडौं: बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए ।
उनले भने, ‘आज हामी संसदमा रहेका विपक्षी दलहरु प्रमुख प्रतिपक्षीसहित हामी अहिले पछिल्ला गतिविधि, पछिल्ला सरकारका नर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा छलफल भएको छ ।
मुख्यत: अस्तिको राति भएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जुन अलोकातान्त्रिक तरिकाले जसरी दुई तिहाईको दम्भका साथ र मन्त्रीको जोडबलमा गलहत्याउने काम गरियो, विधि विधान बाहिर गएर यस्तो कार्य गरियो, एउटा काबिल देशको सेवा गरिरहेको कर्मचारिलाई शक्ति प्रयोग गरेर पदबाट हटाउने कार्य जुन सरकारले गर्यो त्यसका विरुद्ध हामीले सदनमा सशक्त आवाज उठाउने निर्णय गरेका छौं । साथै आजको सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्ने निर्णय गरेका छौं ।’
साथै बुधबार बसेको प्रतिपक्षी दलहरुको बैठकले पछिल्ला सरकारका नर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा समेत छलफल गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।