देशमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक
२०८१ चैत्र १३ बुधवार
- आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उद्घाटन गर्दै उहाँले लोकतन् प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताएका हुन् ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उद्घाटन गर्दै उहाँले लोकतन् प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न ।’
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, ‘केही हँुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो ।’
विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउदै उनले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।
गृहमन्त्री लेखकले भने, ‘जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरंकशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरी त्यही व्यबस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरुहेका मात्रै हुन्, यो भूम पनि केही दिनमै सकिन्छ ।’
यस्ता भ्रमको खेतीले जनता अब खोला, खोल्छीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको बताउदै उनले लोकतन्त्र भए मात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत, जनताको आवाज रहन्छ भन्ने स १ चार जगतले पनि बुझेको बताए ।
जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिदै उहाँले जुद्ध बारुण यन्त्र भक्तपुर गृहमन्त्रालय अन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने उनले बताए । एकैछिनको ढिलासुस्ती र हेलचेक्रईले जनधनको क्षति हिुन दिन हँुदैन भन्दै उनले दमकल थप गर्न पालिकाहरुले पनि थप सहयोग गर्नुपर्ने, औंल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।