वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी
२०८१ चैत्र १२ मंगलवार
- काठमाडौं टेक्नीकल स्कुलको उद्घाटन समारोहमा बोल्दै उनले वैदेशिक रोजगारीबाट फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।
काठमाडौं : श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई स्वदेश भित्र्याउनुपर्ने बताएका छन् ।
काठमाडौं टेक्नीकल स्कुलको उद्घाटन समारोहमा बोल्दै उनले वैदेशिक रोजगारीबाट फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।
उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न यो दश वर्ष हामीले लिन खोजेको छौं ।’
उनले थप अगाडि भने,‘वैदेशिक रोजगारबाट फर्केलाई स्वदेशमा उद्यमशिलता छ, पुँजीको कमि हुँदैन र कामको कमी हुँदैन भन्ने विश्वास चाँही दिलाउन सक्नुपर्छ । यो विश्वास सरकारले होइन निजी क्षेत्रले दिलाउँछ । त्यसैले नीजि क्षेत्रसँग सहकार्य गरेको हौ ।’
यस्तै, नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष चन्द्र ढकालले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स्लाई बढाउने उद्देश्यले काम गरिरहेको बताए । उनले नेपालको गरिबी घटाउने महत्वपुर्ण स्रोत रेमिट्यान्स् भएको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’