संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुङ्याउन शीर्ष दलहरु सहमत

२०८१ चैत्र ११ सोमवार
सारांश
  • शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्नेगरी समिति गठन गर्न सहमत भएका हुन् ।

काठमाडौं: शीर्ष दलहरुले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।


सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्नेगरी समिति गठन गर्न सहमत भएका हुन् ।


प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गासिएकाले दुुईवटा आयोग गठन गर्न सर्च कमिटी बनाइने ।


‘वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श अनुसार सिफारिस समितिको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । 


उक्त समिति बनाउन प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको पनि उनले जानकारी दिए । 


सिंहदरबारमा बसेको छलफलमा तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायतका नेताहरुपनि सहभागि थिए ।


यसअघि शान्ति प्रक्रियाका बाँकी काम सक्नको लागि संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन दुई आयोगका पदाधिकारी नियुक्तिको लागि सर्च कमिटी गठन गर्ने सहमति भएसँगै दुई आयोग सक्रिय हुने अनुमान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार