संसदीय छानविन समिति गठनको माग गर्दै मधेश प्रदेश सभा अवरुद्ध

२०८१ चैत्र १० आईतवार
सारांश
  • आइतबार बसेको बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक संसद अवरुद्ध गर्ने घोषणा गरे ।

जनकपुर :  जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।


आइतबार बसेको बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक संसद अवरुद्ध गर्ने घोषणा गरे । 


उनले मुख्यमन्त्री सतिश कुमार सिंहले कुटनीति मर्यादा विपरित विदेश गएर गणतन्त्र विरोधी कार्य गरेको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । 


त्यस्तै, मन्त्रालयहरुमा कमिशन लिएर पालिकालाई सशर्त बजेट वितरण हुने गरेको पनि उनले आरोप लगाए । 


संघका कर्मचारीसँग मोटो रकम लिएर कर्मचारीहरुलाई जिम्मेवारी दिने गरेको र महोत्तरीको टिकुलीया बजारमा केही दिन अघि भएको घटना लगायतका विषयहरुमा छानविन गर्न संसदीय छानविन समिति गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी नेता साहले दिए ।


नेता साहपछि जसपा नेपालका संसदीय दलका नेता एवम पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले बजेट निर्माण गर्ने समयमा मुख्यमन्त्री सतिश कुमार सिंहले घोषणा गरेको प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ कहाँ पुग्यो ? कसले पायो र कसले पाएन ? पायो भने त्यस्ले के के काम भए लगायतका प्रश्न गरेका थिए । 


त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानविन हुनुपर्ने र त्यस्का लागि संसदीय छानविन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।


माओवादी र जसपा नेपालका सांसदहरुले संसद अवरुद्ध पारेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित भएको जानकारी गराएतापनि आधाघण्टा बढी भइसकेकामा अहिलेसम्म सुरु हुन सकेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार