काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन वडाअध्यक्षहरूको माग
२०८१ चैत्र १० आईतवार
- आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।
काठमाडौं : काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।
‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगतले बताए ।
उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।