पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन्: डा.शेखर कोइराला
२०८१ चैत्र ८ शुक्रवार
- उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए ।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरुप्रति वितृष्णा बढेको बताएका छन् ।
शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन् ।
उनले भने, ‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था म देख्दिन् । सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन् । ति दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन् । जनता निरास भएका छन् । जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनता हामीसँग, नेतृत्वहरुप्रति वितृष्णा छ । यस्तो वितृष्णा हामीहरुले हटाउनुपर्छ । वितृष्णा नहटाइ काम गर्यौं भने दुर्घटनामा पर्छौं ।’
उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए ।
‘नेपाली कांग्रेस नागरिकको पार्टी हो । तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नु पर्ने हो परेन् । अहिलेको समस्याको समाधानका निम्ति नेपाली कांग्रेस आफैं कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ ।’
यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनियताको हकमा फोकस हुनुपर्ने बताए ।
यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले सविधान सशोधनको लागि दुई तिहाईको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।