भारत भ्रमण उपलब्धिमूलक रहयो, विद्युतका बारेमा पनि कुरा गरें: परराष्ट्रमन्त्री
२०८१ चैत्र ८ शुक्रवार
- उनले भनिन्,‘भारतमा हुँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरें ।
काठमाडौं: परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै भारतमा हुँदा हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् ।
उनले भनिन्,‘भारतमा हुँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरें । भ्रमणका क्रममा भएको दुई पक्षीय भेटवार्ताको क्रममा मानव अधिकार परिषद्मा नेपालको २०२७ देखि २०२९ सयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ तथा सयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा २०३७ देखि ०३८ का लागि नेपाललले दिएको उमेद्वारीबारे पनि नेपालको समर्थनका लागि आग्रह गरेको छु । प्रतिक्रिया पनि सकारात्मक आएको छ ।’
उनले भारतको विदेश मन्त्रालयको सहयोगमा ओआरएफले आयोजना गरेको राइसिना डायलगमा सहभागी भएको पनि जानकारी गराइन ।
डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । उनी मार्च १० तारिख भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाआजा समेत गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।