पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो : ज्ञानेन्द्र शाही
२०८१ चैत्र ७ विहिवार
- बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् ।
उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन । त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो ।
कसैका विरुद्धको आन्दोलनमा होइन । स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरुको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ । यो कुरा याद गरेर संसद्मा आवाज उठाइदा विचार पुर्याइयोस् ।’
साथै, पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरुको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।