अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन् : नेता कोइराला
२०८१ चैत्र ७ विहिवार
- बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए ।
उनले भने, ‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौं । सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भनेपनि हुन्छ । उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ । मन्त्रिपरिषद्मा जान्छ । उहाँहरुलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ । त्यसरी जानुभएको छ । मैले जहाँ पनि भनिरहेको छु । कांग्रेस सत्ता पक्षको हो । तर सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरुले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन् । तर जो सत्ता पक्षमा छौं तर सरकारमा छैनौं । हाम्रो काम खबरदारी गर्ने हो ।’
त्यस्तै उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए । गिरिजाप्रसाद वितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताए ।
उनले भने,‘जुन परिदृष्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावहक अवस्था देशमा छ । गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । तर १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद वितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौं । नेताहरुले हामीहरुले केही पाठ नै सिक्न सकेनौं ।’
त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा सुजता कोइराला,चन्द्र भण्डारी र भिष्मराज आङदाम्बे लगायतले सम्बोधन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।