एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ :सभापति देउवा
२०८१ चैत्र ६ बुधवार
- बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए ।
काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए ।
बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए ।
उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो र समावेशी समानुपातिक आधारमा बनेको संविधान हो । तर यो संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता छ ।’
यसको साथै, उनले प्राप्त सुझावहरु पार्टीका लागि महत्वपूर्ण हुनेभन्दै संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पु¥याउने बताए ।
उनले भने, ‘प्राप्त सुझावहरु पार्टीका लागि महत्वपूर्ण सामाग्री हुनेछ भन्ने मैले विश्वास लिएको छु । आगामी दिनमा संविधान संशोधनका लागि पनि यस प्रतिवेदनले सहयोग पु¥याउने छ भन्ने विश्वास लिएको छु ।’
महिलाहरुले घरको काम पनि गर्नुपर्ने र राज्यले दिएको जिम्मेवारी अनुसार पनि काम गर्नुपर्ने हुदा महिलाहरुको शिरमा अझ बढि जिम्मेवारी रहेको भन्दै यो सबै जिम्मेवारी पूरा गर्ने विश्वास लिएको पनि उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’