तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

२०८१ चैत्र ६ बुधवार
सारांश
  • बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरुलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए ।

काठमाडौं : नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । 


बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरुलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए । 


उनले भने, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन् ।  तिनीहरुले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ । तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन् ।’ 


साथै, उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको पनि बताए । ।


अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएको कारण पहिले नै संविधान आधा मात्र छ भनेर आफूले आवाज उठाएको स्मरण गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार