गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी
२०८१ चैत्र ६ बुधवार
- नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन् ।
काठमाडौं : गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन् ।
अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए । त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । अर्यालले २०६ मत ल्याएकी छन् भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याएकी छन् ।
सदस्यहरूमा पनि अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् ।द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयी
द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ ।
मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् ।
अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याए ।
त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बनेका हुन् । बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।
सदस्यहरूमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र बिपना कोइराला विजयी बनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।