मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान जारी

५ चैत्र, २०८१, मंगलवार
सारांश
  • बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । सो क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

रामेछाप, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामेछापमा एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।

 

बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । सो क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल छुट्टाछुट्टै चुनाव लड्दैछन् ।

 

जिल्लामा स्ववियु निर्वाचन हुने एउटा मात्रै क्याम्पस भएकोले यो निर्वाचनलाई तीन प्रमुख राजनीतिक दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचन स्थलमा तीनवटै प्रमुख राजनीतिक दलका नेताहरू समेत भेला भएका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार