राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय
२०८१ चैत्र ५ मंगलवार
- आगामी चैत १२ गते बस्ने आन्दोलन परिचालन मूल समितिको बैठकले आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने राप्रपाको भनाइ छ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजीलगायतका आन्दोलनलाई अघि बढाउने निर्णय गरेको हो।
राप्रपाले भनेको छ,’राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजीलगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।’
आगामी चैत १२ गते बस्ने आन्दोलन परिचालन मूल समितिको बैठकले आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने राप्रपाको भनाइ छ।
यस्तै, आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसँग पारस्परिक एकता, संवाद र सहकार्यको लागि पहलकदमी लिने राप्रपाले निर्णय गरेको छ।
यस्तै, बैठकले कांग्रेस-एमालेको सरकार पूर्णत: असफल रहेको निष्कर्ष निकालेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’