- जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् ।
मंगलबार २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरुलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ । यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धी हो । जसले जनतालाई व्यक्ति, राजा महाराजा र तानाशाहाको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ । आज यहीमाथि केही मानिसहरुले प्रश्न उठाउने प्रयास र दुश्साहस गरेका छन् । पहिलेका राजा महाराजाहरु जसलाई इतिहासको विषय बनाई सकेको छ नेपाली जनताले, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता नगरौं त्यसो भयो भने त्यसले निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ ।’
उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाँउसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन् ।
यसको साथै, उनले आज सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रुपमा पनि एउटा बिन्दुमा पु¥याउनु पर्ने भन्दै त्यसको लागि आफ्नो ठाँउबाट खेल्ने भूमिका इमान्दारिताका साथ निभाउने बताए ।
उनले भने, ‘हामीले सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रुपमा पनि एउटा बिन्दुमा पु¥याउनु नै पर्छ । म आज तपाईहरुको अगाडि संकल्पसहित घोषणा गर्न चाहान्छु छिटै नै क्रान्तिकारी माओवादी धाराहरु जो वैज्ञानिक समाजवादप्रति इमान्दार भएर अन्तिम समयसम्म लड्न तयार छन् । उनीहरु छिटै एकताबद्ध हुनेछन् मैले त्यसको लागि आफ्नो ठाँउबाट खेल्ने भूमिका म इमान्दारिताका साथ खेल्ने छु भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’
आजको कार्यक्रमले पक्कै पनि एउटा सकारात्मक एकताको सन्देश र फेरि एउटा नयाँ ध्रुविकरणको अभियानको लागि संकल्पको संकेत गरेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।