- राससद्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उहाँलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।
काठमाडौँ, ४ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् ।
राससद्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उहाँलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् । उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे ।
मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो । पुस्तक अवलोकनपछि उनले भने, “यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।”
सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गरे ।
त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, वरिष्ठ समाचारदाता भीष्मराज ओझासहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।