काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बनाउन आवश्यक छ :सभापति देउवा
२०८१ चैत्र ४ सोमवार
- सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा नेपाली काङ्ग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नु पर्ने बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा नेपाली काङ्ग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन् । त्यसकारण कुनै पार्टीसँग मिलेर जानुपर्छ । बाध्यता र अवस्था पनि त्यस्तै छ । गाह्रो छ भनेर काम गर्न छोड्ने भन्ने हुदैँन् हामी सबै मिलेर पार्टी कै बहुमत ल्याउने काममा लाग्नु पर्छ । हाम्रो पार्टीलाई जनताको साथ पनि त्यसकारण पनि बहुमत ल्याउने् तर्फ लाग्नु पर्छ ।’
यसको साथै, उनले जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने र जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक भएको भन्दै यसको लागि केही समय लाग्ने बताए ।
उनले भने, ‘जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने, जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक छ । यस्तो व्यवस्था तुरुन्तै हुन्छ भन्ने छैन्, समय लाग्छ । नेपालमा गाँउपालिका छ, जिल्लामा पनि छ, प्रदेश र संघ छ । प्रदेशको आफ्नो भूमिका छ, संघको आफ्नो अधिकार छ । देशमा रहेका हरेक जात जाती वर्गलाई अधिकार दिनुपर्छ तर हाम्रो देशको आर्थिक अवस्था ध्यानमा राखेर पनि काम गर्नुपर्ने हुन्छ । यसको साथै सानो देशको एकतालाई कुनैपनि हालतमा खलबल नहुने गरि अगाडी बढ्नु पर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।