कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेश ल्याएरमात्र केही हुँदैन् : मन्त्री गुरुङ

२०८१ चैत्र ३ आईतवार
सारांश
  • आइतबार काठमाडौंमा आयोजित विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा बोल्दै उनले समयअनुकुल नीतिहरु संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले मन्त्रालयहरुबीच बाझिने कानुन र नियमहरुका कारण सुशासन कायम हुन नसकेको बताएका छन् । 


आइतबार काठमाडौंमा आयोजित विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा बोल्दै उनले समयअनुकुल नीतिहरु संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए । 


उनले भने,‘समयअनुकुल नीतिहरु संशोधन नगर्दा परिमार्जन नगर्दा त्यसको आधारमा बन्ने कानुनहरु, नियमहरुले पनि समस्या पारेको छ । एउटा मन्त्रालय र अर्को मन्त्रालयमा समस्या पैदा गर्ने खालको कानुन निर्माण गर्दा सुशासन कायम गर्न नसकेको र राजस्व संकलनको लागि पनि समस्या भएको छ ।

 

 अहिले विद्यमान जुन अस्पष्ट नीति नियम र कानुनहरु छन् त्यसले पनि समस्या ल्याएको छ ।’ 
त्यस्तै उनले समस्याहरु भनेको अहिलेपनि हाम्रो कार्यशैलीमा रहेको भन्दै कार्यशैलीमा सुधार नगरेसम्म जस्तोसुकै अध्यादेश ल्याएपनि काममा सुधार नहुने बताए । 


उनले भने,‘समस्याहरु भनेको अहिलेपनि हाम्रो कार्यशैलीमा छ । त्यसैले कार्यशैलीमा सुधार गरेन भने जस्तोसुकै अध्यादेश ल्याएपनि,जति कानुनहरु बनाएपनि सुधार भने हुँदैन ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार