नेपालीहरु झुटो धेरै बोल्न थाले, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो : मुख्यमन्त्री लामा
२०८१ चैत्र २ शनिवार
- नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ । सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुन सक्छन् ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन् । बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुने बताएका हुन् ।
उनले भने, ‘नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ । सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुन सक्छन् । हामी सबै सकारात्मक हुनुपर्यो । हामी नेपालीहरु झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो । हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन् ।’
साथै उनले उद्योग बिना रोजगारी सिर्जना हुन नसक्ने बताए । उनले उद्योगमा जोड दिएनौं, पाखा लगायौं भने झन बेरोजगार बढ्ने बताए ।
उनले भने, ‘उद्योग बिना रोजगारी सिर्जना हुन सक्दैन । रोजगारी सिर्जना गर्ने ठाउँ नै रोजगारी हो । उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै बेरोजगार हुन सक्छौं । रोजगारी सिर्जना हुने कामहरु हामीले गर्न सकेका छैनौं । खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं । अब हामीले उद्योगलाई जोड दिनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’