आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

२०८१ चैत्र २ शनिवार
सारांश
  • शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् ।

काठमाडौं :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् ।  


शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् । 


उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं अब एकचोटि फेरी हामी आफ्नै जनता र  वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’


साथै उनले संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताए । उनले पार्टी भित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताए ।


उनले भने, ‘हाम्रो पार्टी जस्तो स्थितीमा अहिले छ पार्टी भित्रको गुटबन्दी, अराजकता, असाध्यै बढि व्यत्तिवादी आत्मकेन्द्रित हुने प्रक्रियामा छ । संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढाउनुपर्ने थियो त्यसरी बढेको छैन, त्यसकारण हामीले यो यथास्थितीलाई तोड्पर्ने हुन्छ र नयाँ यथार्ततिर नयाँ प्रक्रियातिर हामी जानुपर्ने हुन्छ भनेर हामीले संकल्प  लिएका छौं ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार