देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्छ : मन्त्री तामाङ
२०८१ चैत्र २ शनिवार
- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेश समितिको तेस्रो अधिवेशनबाट निर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शनिबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक विचार आफ्नो ठाउँमा भए पनि सामूहिक काममा सामूहिक हिसाबले लाग्नुपर्ने बताएका हुन् ।
रामेछाप : उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेश समितिको तेस्रो अधिवेशनबाट निर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शनिबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक विचार आफ्नो ठाउँमा भए पनि सामूहिक काममा सामूहिक हिसाबले लाग्नुपर्ने बताएका हुन् । विकासको काममा सबैले सघाउनुपर्ने तामाङको भनाइ छ ।
आफ्नो मन्त्रालयले विद्युत् सिँचाइको काम गर्ने बताउँदै तामाङले देशका कुनै पनि विपन्न बस्तीमा विद्युत् पुगेको छैन भने विद्युत् प्राधिकरणले आफ्नै खर्च गरेर बिजुली पु¥याउने उनले जानकारी दिए । त्यस्ता बस्ती कतै छुटेका छन् भने आफूलाई जानकारी दिन तामाङले आग्रह गरे । ‘गरिबको घरमा बत्ती बाल्ने जिम्मा सरकारको हो, सरकार केका लागि ? जनताको लागि, सरकार कसको लागि जनताको’, उनले भने ।
उनले पत्रकारलाई सत्य तथ्य कुरा लेख्न र बोल्न आग्रह गरे । पत्रकारलाई गलत नियत राखेर कसैलाई दुःख नदिन पनि आग्रह गरे । मानवीय रूपमा कनै कमी कमजोरी भएको रहेछ भने पनि पहिला सतर्क र सचेत गराई त्यसपछि मात्र सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिदिन उनले सुझाव दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’