समाजवादी मोर्चाले भन्यो – ‘राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्यो’

२०८१ चैत्र २ शनिवार
सारांश
  • शनिबार पत्रकार समाजवादी मोर्चा, नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको जनाएको हो ।

काठमाडौं : समाजवादी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ ।


शनिबार पत्रकार समाजवादी मोर्चा, नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको जनाएको हो ।


मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ ।’


साथै मोर्चाले सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको जिकिर गरेको छ ।


यसैगरी समाजवादी मोर्चा, नेपालले काठमाडांैमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जानकारी दिएको छ । आन्दोलन सफल पार्न सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु पत्रकार सम्मेलन मार्फत अपिल पनि गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार