गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाचिरहेको छ : मन्त्री गुरुङ
२०८१ फागुन २८ बुधवार
- कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित दूरसञ्चार उद्योगलाई पुनजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद, मन्त्रालयहरु लगायत विभिन्न संस्थाहरु सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आईसक्यो राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश हो । त्यसकारण हामीले के गर्नुपर्यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्छ । हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ ।’
यसको साथै, उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘हाम्रो क्षेत्रको नाफा घट्दै गईरहेको छ । हामी समयानुकुल चल्नु पर्छ । आजको प्रविधिमा जुन हिसाबको विकास भएको छ त्यो हिसाबले चल्नु पर्छ । त्यसकारण ऐन, नीति सबैको समिक्षा हुन्छ र त्यसपछि नियम, विनियममा पनि समिक्षा हुन्छ । र जुन जनशक्ति चलिरहेको थियो त्यसले अब काम हुदैँन् ।’
दूर सञ्चार ऐनलाई ड्राफ्ट गरेर संशोधनको लागि अन्तिम चरणमा पुगेको भन्दै अब केही समयमा सदनमा पेश हुने पनि उनले जानकारी दिएका छन् ।
उनले भने, ‘हाम्रो नीतिमा पुनविचार गर्नुपर्ने छ, त्यो पनि गर्दै छौ । हाम्रो कानून जुन छ दूर सञ्चार ऐन त्यसलाई ड्राफ्ट गर्दै छौ । संशोधनको लागि अन्तिम चरणमा पुगेको छ । तपाईहरुसँग छलफलमा बसेर यसलाई संसदमा पेश गर्नुपर्छ । अस्वभाविक, अव्यवहारिक देखिएको कुराहरुलाई सुधार गर्नुपर्ने छ । त्यसैको आधारमा हाम्रो नीति र नियमावलीहरु बनाउनु पर्ने छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’